बिहीबार, वैशाख ६, २०८१

कोरोना भाइरस महामारीले हाम्रो यौन जीवनमा बिगार्‍यो

मेरोन्यूज २०७८ वैशाख १४ गते १३:१७

काठमाडौँ । ‘महामारीअघि धेरै दम्पतीहरू रातमा भेट हुने जहाजजस्ता थिए,’ टेक्ससकी यौन थेरापिस्ट एमली जेमिया भन्छिन् ।

सुरुमा घर बाहिरका धेरै काम भएका दम्पतीका लागि महामारीले ल्याएको लकडाउन वरदानजस्तै भयो । घरमै बस्नुपर्दा त्यस्ता दम्पतीले लामो अन्तरंग समय बिताउने मौका पाए । तर, महामारी बढ्दै जाँदा लकडाउनले दाम्पत्य जीवनलाई असर गर्न थाल्यो । ‘धेरै दम्पतीका लागि यौन चाहना ज्यादै कम भएर गयो,’ जेमिया भन्छिन् ।

विश्वभरि गरिएका अध्ययनहरूले त्यस्तै देखाउँछ । टर्की, इटली, भारत र अमेरिकामा सन् २०२० मा गरिएका अध्ययनहरूले लकडाउनका कारण मानिसको यौन चाहना र गतिविधि कम भएको देखाउँछन् । ‘यसको खास कारण चाहिँ धेरै मानिसलाई धेरै दबाव भएको हुनसक्छ,’ अमेरिकामा अध्ययन गरेका सामाजिक मनोवैज्ञानिक जस्टिन लेहमिलर भन्छन् ।

धेरैका लागि लकडाउनले अनिश्चितता र डरको वातावरण निर्माण गर्‍यो । धेरैलाई स्वास्थ्यसम्बन्धी तनाव, आर्थिक अनिश्चितता र जीवनका अन्य महत्त्वपूर्ण परिवर्तनले गाँज्यो । यी सबै र एकै व्यक्तिसँग घरभित्रै लगातार सँगै बस्नु परेकाले मानिसको यौन चाहना घटायो ।

एक प्रकारले कोभिड यौनिकताका लागि विषालु साबित भएको छ । तर, के यो विष महामारीको तनाव कम भएपछि हराएर जान्छ या यसले यौन जीवनमा दीर्घकालीन असर छोड्छ ?

यौन चाहनामा कमी

टेक्सस विश्वविद्यालयकी सामाजिक मनोवैज्ञानिक रोन्डा बाल्जारीनीको विचारमा शुरूको केही समय हनिमुन समयजस्तै भयो जुन बेला मानिसहरू तनावलाई सकारात्मक ढंगले प्रतिक्रिया जनाउँछन् । ‘त्यो समयमा मानिसहरूसँगै काम गरे, छरछिमेकलाई सहयोग गरे,’ बल्जारीनी भन्छिन्, ‘तर समय बित्दै जाँदा सहयोग गर्न सक्ने क्षमता कम हुँदै गयो, तनाव बढ्यो र जब उत्साह घट्छ तब मानिसहरूमा डिप्रेसन बढ्छ ।’ यस्तो हुँदा हामी दम्पतीबीच समस्या भएको देख्छौँ ।

बाल्जारीनीले यो प्रवृत्ति उनी र उनका सहयोगीहरू मिलेर ५७ देशमा गरेको अनलाइन सर्वेक्षण अध्ययनका देखिएको बताउँछिन् । जब आर्थिक चिन्ता हुँदा दम्पतीबीच यौन चाहना बढेको तर समय बित्दै जाँदा महामारीको अन्य चिन्ता र एकांकीपनले यौन चाहना घटेको उनले अध्ययनले देखाएको छ ।

सो अध्ययनले कोभिडको जोखिम बढ्दै जाँदा दम्पतीहरूको यौन सम्बन्धको चाहना घट्दै गएको देखाउँछ । ‘यसलाई यौन थेरापिस्टहरूले सिंहको अगाडि मृगले रमाइलो गर्दैन भनेको सुन्नुहुन्छ,’ जेमिया भन्छिन् ।

ठूलो खतरा छ भने त्यसले हाम्रो शरीरलाई यो यौनका लागि उपयुक्त समय नभएको सन्देश प्रवाह गर्छ। त्यस कारण नै तनाव धेरै हुँदा यौन आकांका कम हुन्छ ।

अत्यधिक निकटता

बाल्जारीनीले सुरुमा दम्पतीहरू दिउसो सँगै नुहाएको वा यस्तै यौन आकांक्षा जगाउने कार्यहरूमा संलग्न भएको पाइए पनि सामान्य अवस्थामा सम्भव नभएका यस्ता अन्तरंग कार्यहरूबाट छिटै अघाएको बताउँछिन् । त्यसपछि लथालिंग कोठाजस्ता कुराले दैनिक काम बढाएको र दम्पतीले एक अर्कालाई कामका लागि घोचपेच गर्न थालेको बताउँछिन् ।

लेहमिलरले यसलाई ओभरएक्पोजर असर भन्छन्– जहाँ पति या पत्नीको सानो बानी व्यवहार देख्नुपरेको र तीमध्ये कतिले पनि रिस उठ्ने देखिन्छ । धेरै समय सँगै बिताउँदा यौन चाहना नराम्ररी कम हुन सक्छ । ‘यौन चाहना कायम राख्ने एउटा उपाय भनेको आफ्नो यौन साथीको केही रहस्य र केही दूरी हो,’ लेहमिलर भन्छन् ।

उनी थप्छिन्, ‘जब तपाईं एक अर्कालाई जतिखेर पनि देख्नुहुन्छ, त्यो रहस्यमय कुरा हराएर जान्छ ।’

यौन चाहना फर्कन्छ त ?

अध्ययनकर्ताहरूले एउटा व्यवहारले दम्पतीको यौन जीवन सुधार्ने देखेका छन् ः यौन व्यवहारलाई परिवर्तन गर्ने । अध्ययनमा सहभागी पाँचमध्ये एक जनाले शय्यामा केही नयाँ प्रयोग गरे जसले उनीहरूको यौन चाहना र निकटतालाई पुनः प्राप्त गर्न सघायो ।

लेहमिलर भन्छन्, ‘नयाँ कुरा प्रयोग गरेका दम्पतीहरूले यौन जीवन सुधार भएको छ, नयाँ गतिविधिहरूमा नयाँ आसनको प्रयास, स्वैरकल्पनाको प्रयोग, यौन खेलौनाको प्रयोग र एक अर्कालाई मसाज गरिदिने गतिविधि अध्ययनले देखाएको छ ।’

तर जसको यौन जीवन गत वर्ष कम भएर गयो र अहिलेसम्म उस्तै अवस्थामा छ, के तिनीहरूलाई दीर्घकालीन असर गर्छ त ? विज्ञहरू भन्छन्, ‘जे पनि हुन सक्छ ।’

लेहमिलर भन्छन्, ‘लामो समयसम्म अन्तरंग सम्बन्धको अभावले सधैँ यस्तै बनाउन पनि सक्छ ।’ उनको अध्ययनमा केही व्यक्तिले महामारीमा पहिलो पटक दाम्पत्य जीवनबाहिर सम्बन्ध राखेको देखाएको छ । यस्तो सम्बन्धले यौन जीवनमा दीर्घकालीन असर गर्ने उनको भनाइ छ ।

अन्य केही दम्पतीको महामारीका कारण निम्तिएको आर्थिक दुःखका कारण सम्बन्ध बिग्रिएको छ । तर, धेरै दम्पतीका लागि भने आशा छ । धेरै मानिसहरूले खोप पाएपछि, व्यापार–व्यावसाय खुलेपछि र काममा फर्कन थालेपछि, मानिसहरू पुरानै अवस्थामा फर्कन थालेको जेमिया बताउँछिन् । यसले दम्पतीहरूमा सकारात्मक असर पारेको उनले देखेकी छन् ।

‘महामारी नियन्त्रणमा आएपछि धेरै दम्पतीहरू पहिलेकै जस्तो अवस्थामा फर्कन सक्ने सम्भावना छ,’ लेहमिलर भन्छन्, ‘तनाव कम भएपछि उनीहरूको यौन जीवनमा सुधार हुनेछ ।’

जेसिका क्लेन बिबिसी

प्रतिक्रिया