शनिबार, वैशाख ८, २०८१

जसपाका शीर्ष नेताको बैठक जारी

मेरोन्यूज २०७८ वैशाख १४ गते १३:०१

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टी कार्यालय बालकुमारीमा अहिले नेताहरूको बैठक चलिरहेको छ ।

बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई धार देखिएको छ ।

ठाकुर र महतो ओली सरकारको पक्षमा छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा रहेका छन् । दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णितमा छ । नेताहरूबीच अहिले भइरहेको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया