शनिबार, वैशाख ८, २०८१

ओस्कार २०२१ : उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड नोम्याडल्यान्डलाई

मेरोन्यूज २०७८ वैशाख १४ गते १२:०४

काठमाण्डौ । यो वर्षको ओस्कार फिल्म पुरस्कारमा फिल्म नोम्याडल्यान्डले तीन ठूला पुरस्कार जितेको छ । क्लोई झाओको निर्देशनमा तयार भएको यसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएको छ ।

महिला फिल्म निर्देशक क्लोई चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाएकी छिन् । ओस्कार पुरस्कारको इतिहासमा यो पुरस्कार जित्ने क्लोइ दोस्रो महिला हुन् । ८३ वर्षीय अभिनेता हप्किन्सले फिल्म ‘द फादर’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरे ।

कोरोना महामारीका बीच विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म समारोह ओस्कर्सको आयोजना अमेरिकाको लस एन्जेलिसमा दुई ठाउँमा– डब्ली थिएटर र युनियन स्टेशनमा आयोजना गरिएको हो । सन् २००१ देखि ओस्कार पुरस्कारको आयोजना डल्बी थिएटरमा हुँदै आएको थियो ।


विश्वकै प्रतिष्ठित अवार्ड क–कसले अवार्ड पाए हेर्नुहोस्
फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री स् फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह(अभिनेत्री स् यु जोङ उन (मिनारी)
सह(अभिनेता स् डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

प्रतिक्रिया