शुक्रबार, वैशाख ७, २०८१

सुनको मूल्यमा गिरावट

मेरोन्यूज २०७८ वैशाख १४ गते ११:५१

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने केही मात्रामा मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया