शुक्रबार, वैशाख १४, २०८१

नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी र काठमाण्डौ खेल्दै

मेरोन्यूज २०७८ वैशाख १४ गते ११:४०

काठमाण्डौ । नेपाल सुपर लिग फुटबल अन्तर्गत आज हुने खेलमा धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल दशरथ रंगशालामा दिउँसो तीन बजे देखि सुरु हुनेछ ।

धनगढीले पहिलो खेलमा हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँएको थियो । प्रतियोगिताको विजेताले ३५ लाख र दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ ।

यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया