बिहीबार, वैशाख १३, २०८१

ह्वाट्सएपले २४ घण्टामा मेसेज डिलिट हुने फिचर ल्याउदै

मेरोन्यूज २०७८ वैशाख १४ गते ११:२७

एजेन्सी । इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । ह्वाट्सएपले ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट ह्ने फिचर ल्याएको छ । उक्त फिचरको नाम म्ष्कबउउभबचष्लन ःभककबनभक हो ।

मेसेज डिलिट हुने समय सीमालाई यसअघि ७ दिन कायम गरेको ह्वाट्सएपले त्यो समयलाई १ दिनमा झार्ने भएको हो । समाचार अनुसार म्ष्कबउउभबचष्लन ःभककबनभक फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताले पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा डिलिट हुनेछन् । ध्भ

द्यभतबक्ष्लाय को रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ संस्करणमा सो म्ष्कबउउभचबष्लन ःभककबनभक फिचरलाई थप गरिएको छ । हाल उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफै हराउँछन् । प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज डिलिट हुने फिचर छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् ।

सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ । ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया