बुधबार, वैशाख १२, २०८१

टेकु अस्पतालका सबै आइसीयू कोरोना संक्रमितले भरिए

मेरोन्यूज २०७८ वैशाख १३ गते २३:४५

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित ह्वातै बढेको छ । कोरोना संक्रमितको उपचार हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका सबै आइसीयू कोरोनाका गम्भिर बिरामीले भरिएको जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले अस्पतालको आइसीयुमा २० जना ,११ जना भेन्टिलेटरमा र ३३जना आइसोलेसनमा उपचाररत रहेका जानकारी दिए ।
उनले आकस्मिक कक्षमा आठ जना पालो कुरेर बसेका बताए ।


अहिले अस्पतालमा आएका बिरामीहरु बढी निमोनियाको समस्या देखिएको उनले जानकारी दिए । “हरेक दिन ५० जनासम्म कोरोनाका बिरामी आउँने गर्छन तर सामान्य लक्षणभएकालाई काउन्सिल गरेर र घर पठाउने गछौं,” उनलेभने,“जटिल बिरामी आएका छन् वेड खाली नभएको समयमा आएमा हामी पनि अन्य अस्पतालसँग वेड खोज्ने काम गछौँ ।”

प्रतिक्रिया