बुधबार, वैशाख १२, २०८१

मन्त्रिपरिषदको बैठक सकियो, यस्तो छ निर्णय

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:४६


काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार (आज) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।

आइतबार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन सिफारिस गरेको थियो । सोही सिफारिस मन्त्रीपरिषदको बैठकले पारित गरेको हो । साथै सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको एक मन्त्रीले बताए ।

प्रतिक्रिया