बिहीबार, वैशाख १३, २०८१

खाद्य पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुला रहने

मेरोन्यूज २०७८ वैशाख १३ गते १९:४२

काठमाडौं । काठमाडौंमा एकसाताको ‘निषेधाज्ञा’को अवधिमा औषधि र खाद्य पसलबाहेकका सबै पसल बन्द गरिने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसमम र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ ।

डिपार्टमेन्ट स्टोरको हकमा भने ग्रोसरी कक्षमात्रै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने आदेश जारी भएको छ ।

प्रतिक्रिया