शनिबार, वैशाख ८, २०८१

काठमाडौंमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक

बिरामी कुरुवा दुई जना भन्दा बढी बस्न नपाउँने

मेरोन्यूज २०७८ वैशाख १३ गते १९:३३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकसातासम्म काठमाडौं उपत्यका प्रवेशमा सबै सवारी साधनलाई रोक लगाएको छ । बिहीबार बिहान ६ बजेदेखि यो नियम लागु हुनेछ । बिहीबार बिहान ६ बजेदेखि २२ गते रातिसम्म काठमाडौं जिल्लामा सार्वजनिक र निजी सवारी साधन पनि सञ्चालनमा रोक लगाउने जनाएको छ ।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलसन, फोहोर मैलालगायतका ढुवानीका साधन भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया