शुक्रबार, चैत १६, २०८०

उपत्यका प्रवेश गर्ने अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

मेरोन्यूज २०७८ वैशाख १३ गते १९:२५

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएको हुदाँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया