शनिबार, वैशाख ८, २०८१

स्वास्थ्य मन्त्रालयको निर्णय २४ घण्टा पनि टिकेन, आइतबारसम्म आएका विदेशीको पीसीआर परीक्षण हुने

मेरोन्यूज २०७८ वैशाख १३ गते १८:४५

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई विदेश जान आइतबारसम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ ।

यसअघि मन्त्रालयले आइतबार कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो ।


निर्णय सच्याउँदै सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र एयर बबल सुविधा अनुसार नेपाल आउनेलाई सःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउन प्रयोगशालालाई सूचित गरेको छ ।

प्रतिक्रिया