शनिबार, वैशाख १५, २०८१

जनताको स्वास्थ्यमा खेलवाड नगर्न प्रचण्डको सरकारसँग माग

मेरोन्यूज २०७८ वैशाख १३ गते १८:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार प्रचण्डले वक्तब्य जारी गदै जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको वताएका छन् ।

उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन सरकारसँग विशेष आग्रह गरेका हुन् ।

प्रचण्डले महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन पनि सरकारका साथै निजी क्षेत्रसँग अपिल गरेका छन् ।

तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयम्सेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गदै प्रचण्डले आधिकारीक सूचना तथा सन्देश प्रवाह गरी नेपाली पत्रकारिता जगतले यस महामारीमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आफुले लिएको वताएका छन् ।

प्रतिक्रिया