बिहीबार, चैत १५, २०८०

काठमाडौँमा एकैदिन १५६७ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख १३ गते १७:४२

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को केन्द्र बनेको काठमाडौँमा पछिल्लो २४ घण्टामा १५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, काठमाडौँ उपत्यकाको अन्य दुई जिल्ला ललितपुरमा २ सय २३ र भक्तपुरमा एक सय २२ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल ६ सय ४४ जना संस्थागत आइसोलेशन, ९४ जना आइसियू र ४३ जना भेन्टिलेटरमा उपचारारत रहेका छन् । नेपालमा हाल काठमाडौँ उपत्यकासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । बाँकेमा आज एकैदिन ३ सय ७ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय पिसिआर र ८९३ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ५६ संक्रमित पुष्टि भएको हो । यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया