शुक्रबार, वैशाख ७, २०८१

लकडाउनको डरले ठूलो अंकले घट्यो नेप्से

मेरोन्यूज २०७८ वैशाख १३ गते १७:२८

काठमाडौं । लकडाउनको डरले शेयर कारोबार हुने साताको दोस्रो दिन आज सोमबार नेप्से ठूलो अंकले घटेको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से पसिुचक ६५ दशमलब ५८ अंकले ओरालो लागेर २ हजार ५ सय ६ दशमलब ६१ बिन्दुमा पुगेको छ ।

कारोबार भएका २ सय २० कम्पनीको ८६ हजार ९२ कारोबारबाट ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २ सय २ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । कोभिड १९ को दोस्रो लहरसँगै बन्दाबन्दी÷निषेधाज्ञाको डरले सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिन खोजेको सोमबारको कारोबारले देखिएको शेयर लगानीकर्ता नवराज अधिकारीले जानकारी दिए ।

सरकारले दोस्रो चरणको कोभिड देखिएको भन्दै आगामी १६ गतेदेखि २२ गतेसम्म लकडाउन गर्न सक्ने संकेत दिएको छ । २०७८ को शेयर कारोबार हुने पहिलो दिन बैशाख २ गते नेप्से हालसम्मकै उच्च २ हजार ७ सय ३५ दशमलब ४ विन्दूमा पुगेको थियो । कोरोनासँगै लकडाउनको त्रासले शेयर बजारमा नकारात्मक असर परेको प्रष्ट देखिएको लगानीकर्ताले दाबी गरेका छन् ।

प्रतिक्रिया