शुक्रबार, वैशाख १४, २०८१

वाणिज्य विभागको सेवा एक साता स्थगित

मेरोन्यूज २०७८ वैशाख १३ गते १७:०२

काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईँले भने, “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिआवश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा सेवा प्रवाह स्थगन गरेको जनाएको छ ।

भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमन लगायतका काम हुन्छ”, उनले भने ।––– रासस

प्रतिक्रिया