बुधबार, वैशाख १२, २०८१

काठमाडौँ उपत्यकाका सिडियोहरूको बैठक सकियो, एक साता लकडाउन गर्ने तयारी

मेरोन्यूज २०७८ वैशाख १३ गते १६:१५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै उपत्यकामा नियन्त्रण गर्ने विषयमा बसेको तीन जिल्लाका सिडियोको बैठक सकिएको छ । काठमाडौंँ उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सिडियोहरु कोरोना नियन्त्रण गर्नेबारे छलफलमा बसेका थिए ।

गृहमन्त्रालयमा बसेको बैठकमा गृहसचिव महेश्वर न्यौपाने, गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखसहित तीन जिल्लाका सिडियो सहभागी थिए । बैठकमा ‘सफ्ट लकडाउन’सम्बन्धि खाकाबारे छलफल भएको एक सिडियोले जानकारी दिए ।

आज साँझ ५ बजेको मन्त्रीपरिषद् बैठकमा सहमतिपछि मात्रै लकडाउनबारे निर्णय सार्वजनिक गरिने उनले बताए । वैशाख १६ गतेदेखि एकसाता सफ्ट लकडाउनको खाका गृहमन्त्रालय र काठमाडौँका सिडियोहरुले तयार पारेका छन् ।

प्रतिक्रिया