शनिबार, वैशाख ८, २०८१

काँग्रेस केन्द्रिय कार्यासमितिको बैठक मंगलबार बसने

मेरोन्यूज २०७८ वैशाख १३ गते १५:११

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यासमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको पिसिआर चेक गर्नुपर्ने भएकाले आजको लागि बैठक स्थगित गरिएको काँग्रेसले जनाएको छ ।

काँग्रेसको बैठक बुधबार केन्द्रिय पार्टी कार्यालयमा २ बजेदेखि बस्ने काग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पार्टीको १४औँ महाधिवेशन तयारी र सरकार परिवर्तनका बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया