शुक्रबार, वैशाख ७, २०८१

उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने तयारी

मेरोन्यूज २०७८ वैशाख १३ गते १३:३७

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने तयारी भइरहेको जनाएको छ ।

सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा एक हपताका लागि निषेधाज्ञा लगाउने तयारी भइरहेको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

निषेधाज्ञाको निषेधाज्ञा अवधिभर अत्याआवश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया