बिहीबार, वैशाख ६, २०८१

उपत्यकाका सिडिओको बैठक जारी, निषेधाज्ञाबारे निर्णय गर्ने

मेरोन्यूज २०७८ वैशाख १३ गते १२:३८

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने जनाइएको छ । वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको बताइएको छ ।

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो । संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया