शनिबार, वैशाख १५, २०८१

कैलालीमा आगलागीबाट करोडौँको वन पैदावार नष्ट

मेरोन्यूज २०७८ वैशाख १३ गते १२:१५

कैलाली । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए ।

आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका ३ स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भएको जनाइएको छ ।

आगलागी बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा आएको छैन । आगलागीबाट १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको शाहको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ । आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’’, उनले भने, ‘‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ ।

आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’’पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा आगलागी तथा डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्नीरेखा निर्माण समेत गरेका छन् । ‘‘ नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा आगलागी जस्ता घटना भइरहन्छन्’’। जिल्लामा ५७६ सामुदायिक वन छन् ।

यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन आगलागीको जोखिममा पर्ने गर्दछन् । ‘‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ । रासस

प्रतिक्रिया