बुधबार, वैशाख १२, २०८१

सुर्खेतमा एक साता लकडाउन गर्न सिफारिस

मेरोन्यूज २०७८ वैशाख १३ गते १२:०३

काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमण वृद्धि भएसँगै सुर्खेतमा एक साताका लागि ‘लकडाउन’ हुने भएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि लकडाउन हुन लागिएको
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

सोमबार बिहान बसेको बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्न जिल्ला सुरक्षा समिति समक्ष सिफारिस गरेको हो । जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएका कारणले लकडाउन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

अब जिल्ला सुरक्षा समितिले केही बेरमा बैठक बसेर यसबारे निर्णय गर्ने छ ।

प्रतिक्रिया