शनिबार, वैशाख ८, २०८१

बागमती प्रदेशमा एकैदिन ९ जना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १३ गते ११:४३

काठमाडौं । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौं मात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।

कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृतकहरु सबैको स्वास्थ्यमा कोरोना संक्रमणसँगै मधुमेह, उच्च रक्तचाप, दम, निमोनिया र मिर्गौला सम्बन्धी स्वास्थ्य समस्या थियो ।

कोरोना संक्रमणबाट आइतबार एकैदिन बागमती प्रदेशका १ हजार ५८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया