शुक्रबार, वैशाख १४, २०८१

उपत्यकामा थप कडाइ गर्ने तयारी

मेरोन्यूज २०७८ वैशाख १३ गते ११:२८

काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यका क्षेत्रमा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ ।

सिसीएमसीले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । सार्वजनिक यातायात, होटल, रेष्टुराँमा कडाइ गर्ने प्रशासनको तयारी रहेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ ।

प्रतिक्रिया