बिहीबार, वैशाख १३, २०८१

कोभिसिल्ड भ्याक्सिन उत्पादनमा अमेरिकाले सहयोग गर्ने

मेरोन्यूज २०७८ वैशाख १३ गते ११:१४

काठमाण्डौ । कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जनाएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको बताएका छ ।

उनले भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी समेत भएको थियो । त्यसपछ राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया