शनिबार, वैशाख ८, २०८१

भेरी अस्पतालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १३ गते १०:३०

काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार मात्रै कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना भएका १० जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा दैनिक तीन–चार जना कोरोना संक्रमितको मृत्यु हुँदै आएकोमा आइतबार एकैदिन यति धेरै संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ वर्ष सुरु भएसँगै आइतबारसम्म ३७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, ११ वैशाखसम्म बाँकेमा थप दुई हजार ९ सय तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पताल विशेष कोरोना अस्पतालको कोभिड वार्ड प्रसूतिगृहका लागि निर्माण गरिएको भवनमा सञ्चालन भइरहेको छ । एक सय ४२ बेडको वार्डका सम्पूर्ण बेड बिरामीले भरिएको छ ।

प्रतिक्रिया