शनिबार, वैशाख १५, २०८१

काेराेना भाइरस

आज मन्त्रिपरिषद् बैठक बस्दै, सिसिएमसीको सिफारिशमाथि छलफल हुने

आजै काठमाडाैं, भक्तपुर र ललितपुरका सिडियाेकाे पनि संयुक्त बैठक

मेरोन्यूज २०७८ वैशाख १३ गते ८:३७

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना नियन्त्रण गर्न सिफारिश गरेको विषयमाथि छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । मुलुकमा फेरि कोरोना भाइरसको दोस्रो लहर देखापरेको छ । सिसिएमसीले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा सिफारिश गरेकाे छ ।

सिसिएमसीले आइतबार ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई अधिकार प्रत्योजन गर्न मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिसिएमसीले सबै तहका परीक्षा आजदेखि स्थगित गर्ने निर्णय पनि गरेको छ ।

आजै काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठक पनि बस्दैछ । बैठकमा काेराेना नियन्त्रण गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि स्थगित गरेका छन् । कोभिड संक्रमणको दोस्रो लहर बढ्दै गएकाे भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम बन्द गर्ने निर्णय गरेको थियाे ।

प्रतिक्रिया