शुक्रबार, वैशाख ७, २०८१

आजको मौसमः उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बद्ली

मेरोन्यूज २०७८ वैशाख १३ गते ७:४९

काठमाडौं । आज उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बद्ली हुनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा स्थानीय वायुको प्रभाव रहको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबारः दिउँसो पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १, प्रदेश नं २ लगायत पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबारः दिउँसो देशका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । राति पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबारः दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायतका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा अपराह्न पछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

प्रतिक्रिया