शनिबार, वैशाख ८, २०८१

आजको राशिफल : वैशाख १३ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १३ गते ७:२७

आज २०७८ वैशाख महिनाको १३ गते सोमबार, चैत्र शुक्लचतुर्दशी तिथि । पूर्णिमा व्रत ।

मेष
वाणिमा कडापन वृद्धि हुन पुग्ने छ जसले धन धान्य तथा सम्पत्ति प्राप्तिमा अवरोध पुर्‍याउने छ । व्यक्तित्वमा दृढता आउने छ । मनमा उदासीनता र दुविधा बढ्ने भएकाले निर्णय क्षमतामा भने अन्योलता बढ्न पुग्ने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ ।

वृष
भाग्य बलियो छ । अनावश्यक क्षेत्रमा निकै सुरो व्यक्तित्व बनाइ दिनेछ । रिस नियन्त्रण गर्ने प्रयास गर्नुहोस् । आम्दानीमा वृद्धि हुने छ तर नेतृत्वदायी जिम्मेवारी वहनमा सन्तोषजनक प्रगति भने हुने छैन । दाम्पत्य जीवनमा कटुताको अनुभव हुनेछ ।

मिथुन
धन तथा वित्तीय अवस्था र पुख्र्यौली सम्पत्तिको परिचालनबाट सुख, शान्ति प्राप्त हुने छ । परिवारका सदस्यको साथ र सहभागितामा मनमा सन्तोष मिल्ने छ । सेवाको क्षेत्रमा सक्रियको पेशागत जीवनमा कार्य सम्पादन तथा मूल्यांकनमा ढिलाइ हुनेछ ।

कर्कट
कर्मशीलतामा वृद्धि हुने छ । भित्रि बुद्धिसहित छिटो र छरितो रुपमा कार्य सम्पादन गर्ने र नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । अध्ययनमा भने त्यत्ति मन लाग्ने छैन । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्दै जाने छन् ।

सिंह
वाणिमा प्रियता थपिने र बोलीको प्रभाव उच्च हुने छ । दाम्पत्य जीवनमा भने नसोचिएका विवाद चर्कने भएकाले सकभर विवादमा गर्दै नगर्नुहोस् । भाग्यको बलियो साथ रहनाले समय अनुकूल रहेको अवस्था छ । आँटेका कुरा पूरा हुने छन् ।

कन्या
व्यक्तित्वमा निखारता आउने छ । मधुरखाले र धैर्य व्यक्तित्व बन्ने छ । आम्दानीमा हुने वृद्धिले मान वृद्धि हुने छ । पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नुपर्ने छ । भाग्यहिनता जस्तो आभास लागि रहने छ । दाम्पत्य जीवनम पनि विवाद चर्कने छ ।

तुला
मान प्रतिष्ठामा क्षय हुने छ । पेशागत तथा व्यावसायिक कार्यमा नोक्सानी व्यहोर्नु पर्ने भएकाले निकै विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ । मनमा केही विचलनहरु उत्पन्न हुन जाने छ । अन्योल भएका विषयमा आफ्नो जीवनसाथीको सल्लाह अवलम्बन गर्दा नोक्सानीबाट बच्न सकिने छ ।

वृश्चिक
भाग्य बलियो भएकाले इच्छाएका चाहना पूरा हुने छन् । आम्दानी बढ्न जाने छ । टाउको भारी भएको जस्तो तथा जीवनप्रति अलिनकारात्मक धारणा मनमा उत्पन्न हुन जाने छ । धार्मिक आध्यात्मिक गतिविधि, मन्दिर दर्शन तथा भजन श्रवण गर्नुभएमा उत्तम हुने छ । पेशागत जीवनमा विचार गरेर मात्र निर्णय लिनुहोला । अन्यथा विवाद चर्किने खालको अवस्था निम्तिने छ ।

धनु
पेशागत जीवनमा अनेकौ अवरोध उत्पन्न हुने छन् । व्यापार व्यवसायमा धेरै जोखिमभन्दा ठिक्क जोखिम मात्र लिनु उपयुक्त हुने छ । पारीवारका सदस्यको साथले कठिनाइसँग जुध्ने भरपर्दाे तागत र शक्ति प्राप्त हुने छ । त्यसैले परिवारको साथ लिएर अघि बढेमा उपयुक्त हुने छ ।

मकर
निकै कडाखालको व्यक्तित्व हुन जाने छ । आँटेका काम सम्पन्न गर्न सक्छु भन्ने साहस पैदा हुने छ । जीवनसाथीको साथसहित अघि बढेमा भाग्य चम्किने छ । प्रतिस्पर्धात्मक क्षमता हुने छ । सरसापटी दिँदा वा लिँदा विचार गरेर मात्र गर्दा ठिक हुने छ ।

कुम्भ
आम्दानीमा वृद्धि हुने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सन्तोष मिल्ने छ । तर मन भने निरन्तर निराश रहने छ । पेशागत जीवनबाट कदर प्राप्त हुने छ । उपयुक्त मूल्यांकन हुन जाने छ । माथिल्लो पेट तथा छातिसम्बन्धी विषयमा सतर्क रहनु होला ।

मीन
भाग्यको साथले सुख शान्ति वृद्धि हुने छ तर बेला बेला आफूलाई भाग्यहीन जस्तो विचार पनि आउन जाने छ । दाम्पत्य सुख प्राप्त हुने छ । धन सम्पत्तिमा वृद्धि हुने छ । प्रेममा सफलता प्राप्त हुने छ । वैवाहिक जीवन प्रेममय हुने छ । पेशागत जीवनमा भने अवरोधको सामना गर्नुपर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया