बिहीबार, वैशाख १३, २०८१

त्रिविका परीक्षा नरोकिने

एउटा सिटमा एक जना राखेर परीक्षा सञ्चालन गरिने

मेरोन्यूज २०७८ वैशाख १२ गते २०:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि हुने नियमित परीक्षा नरोक्ने जनाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारबाट नै सबै परीक्षा स्थिगित गर्न मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । तर त्रिविले भने नियमित परीक्षा नरोक्ने जनाएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भोलि हुने परीक्षा सञ्चालन हुने बताउँछन् । उनका अनुसार भोलीबाट रोक्न मन्त्री परिषदमा सीसीएमसीले सिफारिस मात्र गरेको हो त्यसको निर्णय मन्त्री परिषदले गरेको छैन् ।

‘यदि मन्त्रीपरिषदले रोक्न भने पछि पनि त्रिविको थप बैठक बसेर मात्र परीक्षा रोक्छौं’, उनले भने । हाल स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । सबैभन्दा बढी परिक्षारर्थी भएको बिबिएस (व्यवस्थापन) संकायको परीक्षा आइतबारबाट सकिएको छ । भने अन्य संकायमा थोरै परीक्षार्थी रहेको हुदाँ एउटा सिटमा एक जना राखेर परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया