बिहीबार, वैशाख १३, २०८१

फागुन २३ पछि कोभिसिल्ड खोप लगाउनेलाई वैशाख तेस्रो सातादेखि दोस्रो डोज लगाइने

मेरोन्यूज २०७८ वैशाख १२ गते १९:५६

काठमाडौं । सरकारले फागुन २३ पछि कोभिसल्डि खोप लगाउनेलाई ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउने भएको छ । स्वास्थ्य सेवा विभागले आज एक सूचना जारी गर्दै फागुन २३ पछि पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख तेस्रो सातापछि दोस्रो डोज लगाइने जनाएको हो । विभागले दोस्रो डोजका लागि प्रतिक्षारत रहन सबैमा अनुरोध गरेको छ ।

सरकारले प्राथमिकताका आधारमा गत माघ १४ गतेदेखि विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा खोप लगाएकालाई यही वैशाख ७ देखि दोस्रो मात्रा खोप लगाउन थालिएको छ ।

प्रतिक्रिया