शुक्रबार, वैशाख ७, २०८१

शहरमा ५०० र ग्रामीण क्षेत्रमा २०० सक्रिय संक्रमित पुगे निषेधाज्ञा

काठमाडाैं उपत्यकासहित नाै जिल्लामा लकडाउन हुने सम्भावना

मेरोन्यूज २०७८ वैशाख १२ गते १९:२३

काठमाडाैं । काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले तीव्र गतिमा फैलिरहेकाे काेराेना संक्रमण नियन्त्रण बाहिर जान सक्ने सम्भावना औंल्याउँदै शहरी क्षेत्रमा ५०० र ग्रामीण क्षेत्रमा २०० बढी सक्रिय संक्रमित भेटिए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिश गरेकाे छ ।

सिसिएमसीकाे आज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माेरङ, पर्सा, काठमाडाैं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रूपन्देहीमा ५०० बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया