बिहीबार, चैत १५, २०८०

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको लागि २४ गते उम्मेदवारी दर्ता

मेरोन्यूज २०७८ वैशाख १२ गते १८:२२

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने बताएको छ ।

वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी २७ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्णय गर्ने जानकारी दिएको छ । त्यस्तै २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।

प्रतिक्रिया