शनिबार, वैशाख १५, २०८१

‘कम्बोडियामा काम लगाइदिन्छु’ भन्दै ३९ लाख रुपैंयाँ ठगी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १८:१७

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैंयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।

महानगरीय अपराध महाशाखाले मकवानपुरको बागमती गाउँपालिका९८ भवानचुली घर भएका २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार मकवानपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाइदिन्छु भन्दै उनीहरुबाट ३९ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

मोक्तानलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया