शुक्रबार, वैशाख ७, २०८१

जन्ती बोकेको बसलाई टिपरले ठक्कर दिँदा २ बालिकाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १२ गते १८:०३

काठमाडौँ । रुपन्देहीको कोटिहवामा जन्ती बोकेको बसलाई टिपरले ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको छ । घटनामा टिपरका चालकसहित ६ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया