शुक्रबार, चैत १६, २०८०

काठमाडौं जिल्ला प्रशासनमा सुरक्षा र अत्यावश्यक कामबाहेक सबै सेवा ठप्प

मेरोन्यूज २०७८ वैशाख १२ गते १८:०३

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै प्रशासनले सोमबारदेखि २० गतेसम्मका नागरिकतासम्बन्धी काम, राहदानी सिफारिश, हातहतियार तथा संस्था दर्ता गर्ने सेवा बन्द गरेको हो ।

जिल्ला प्रशासनका कमर्चारीहरू कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएकाले उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीसमेत संक्रमित हुने भएकाले सेवा स्थगित गरेको प्रशासनबाट जारी सूचनामा भनिएको छ ।

प्रशासनका अनुसानर शान्ति सुरक्षा र अन्य अत्यावश्यकसम्बन्धी सेवा भने हुने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया