शुक्रबार, चैत १६, २०८०

काँग्रेसले नयाँ सरकार बनाउन प्रयास जारी राख्ने

मेरोन्यूज २०७८ वैशाख १२ गते १७:३४

काठमाडौँ । नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताइएको छ ।

काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय लिएपछि माओवादी, जसपासहितका दलहरूसँग संवाद गर्दै आएको छ । काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि हस्ताक्षर अभियान पनि चलाएको छ । अन्य पार्टीसँगको छलफल र हस्ताक्षर अभियान निरन्तर सञ्चालन गर्ने काँग्रेसले जनाएको छ ।

यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया