शनिबार, वैशाख १५, २०८१

कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १२ गते १७:०३

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २८ जनाको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ । यस्तै, ९ हजार २९२ पीसीआर परीक्षणमा ३ हजार ३२ र ७ सय ८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया