शनिबार, वैशाख ८, २०८१

बाँकेमा अत्यावश्यक सेवाबाहेक सबै बन्द

मेरोन्यूज २०७८ वैशाख १२ गते १७:०४

बाँके । बाँके जिल्लामा वैशाख १३ गते राति १२ बजेदेखि लागु हुनेगरी एक हप्ताका लागि अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर २० गतेसम्मका लागि अत्यावश्यक सेवाका सवारी साधनबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, दूरसञ्चार, खाद्य तथा दुग्ध पदार्थ र एम्बुलेन्स, शवबाहन, दमकललगायतका सेवाबाहेक अन्य सेवा बन्द गर्ने जनाएको छ ।

यसअघि जिल्ला प्रशासनले कोरोना भाइरसको दोस्रो लहर फैलिएको बन्दै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अतयावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको थियो ।

प्रतिक्रिया