बिहीबार, चैत १५, २०८०

कर्णालीका चार प्रदेश सांसदलाई प्रदेश सभाबाट निष्कासन

मेरोन्यूज २०७८ वैशाख १२ गते १६:२९

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरी मतदान गर्ने चारजना प्रदेश सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ । एमाले प्रदेश सभा संसदीय दलले उनीहरुलाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता गरेको छ ।

कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार टिकाउन भूमिका खेलेका सदस्यहरुलाई पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेका हुन् । पदमुक्त हुनेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर बहादुर थापा र नन्दसिंह बुढा छन् ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैशाख १० मा बसेको बैठकले उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया