शनिबार, वैशाख ८, २०८१

थप ३१ सय २२ जना कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ वैशाख १२ गते १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ३ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया