शुक्रबार, वैशाख १४, २०८१

बोतलमा ग्लुकोज पानी भरेर कोरोनाको औषधि भन्दै बेच्ने पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १६:३४

काठमाडौँ । भारतमा पछिल्लो केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी कोरोना भाइरस संक्रमणको पुष्टि हुँदै आएको छ । यसैबीच कोरोनाबाट मृत्यु भएकाहरूलाई जलाइरहेको र अस्पतालमा विरामी छटपटाइरहेको दर्दनाक समाचार बाहिर आइरहेको छ ।

कोरोना संक्रमण भएर मानिसहरू अस्पताल भर्ना भए पनि अक्सिजन नपाउँदा विरामीहरूले अकालमै ज्यान गुमाइरहेका छन् । यसैक्रममा भारतको मध्य प्रदेशस्थित इन्दौर शहरमा कोरोना भाइरसको औषधि भन्दै मानिसहरूले कसरी ठगिरहेका छन् भन्ने समाचारले सबैको ध्यान तानेको छ ।

समाचारमा जनाइएअनुसार कोरोना भाइरसको औषधि रेमडेसिविर इञ्जेक्सनको खाली सिसीमा ग्लुकोजको पानी भरेर बेच्ने शिमला पार्क कोलोनीमा बस्दै आएका उज्ज्वल पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोरोना संक्रमितको परिवारलाई एउटा रेमडेसिविर इञ्जेक्सनलाई ३२ हजार रुपैयाँका दरमा बिक्री गरी ठगी गर्ने पटेललाई शनिबार पक्राउ गरेको समाचारमा जनाइएको छ ।

विशाल नाम गरेका एक कोरोना संक्रमित विरामीका बुवाले १० दिनसम्म अक्सिजनको सहायतमा बाँचिरहेका आफ्नो छोराका लागि ३२ हजार रुपैयाँका दरले दुईवटा रेमडेसिविर औषधि किनेर लगे । उनले त्यो औषधि डाक्टरलाई दिए । तर, डाक्टरहरूले औषधि लगाउनुअघि निकालेर हेर्दा ग्लुकोज पानी भएको पत्ता लगाएका थिए । यससँगै पटेलको ठगीबारे अस्पतालले प्रहरीलाई जानकारी गराएको थियो ।

कोरोना संक्रमित विशालका लागि रेमडेसिविर इञ्जेक्सन अति आवश्यक भएको भान्दै डाक्टरहरूले किनेर ल्याउन भनेका थिए । उनका बुवा गणेश रावले भने, ‘मलाई छोरा बचाउन इञ्जेक्सन चाहिएको थियो, यही बेला उज्जवललाई भेटेँ, उनले नै इञ्जेक्सन ल्याइदिने बाँचा दिए ।’

फेविकलले टाँसेर बिक्रो सिल

इञ्जेक्सन ल्याएसँगै डाक्टरहरूले शंका व्यक्त गरेको गणेशले बताए । यस क्रममा डाक्टरहरूले इञ्जेक्सनको सिल खोल्दा फेविकलले टाँसेको पत्ता लागेको थियो । पहिले नै इञ्जेक्सनको ढकनीमा सुईको डोब लागिसकेको समेत डाक्टरहरूले बताएका छन् ।

आफूलाई ठगेको पत्ता लागेपछि गणेशले पटेललाई फोन गरी आफूलाई थप दुईवटा इञ्जेक्सन चाहिएको बताएका थिए । यसपछि उनले थप पैसा लिएर भेट्न बोलाएको बताउँदै प्रहरीलाई समेत जानकारी दिएका थिए ।

पक्राउ परेका पटेलले आफूले पहिले नै यस्तो काम गरेर केही व्यक्तिसँग पैसा लिइसकेको समाचार जनाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया