बिहीबार, चैत १५, २०८०

कोरोना संक्रमितले सेती प्रादेशिक अस्पताल भरियो

कोरोना संक्रमित राखेर उपचार गर्ने ठाउँ खाली छैन

मेरोन्यूज २०७८ वैशाख १२ गते १६:१४

काठमाडौं । कोरोना संक्रमितले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका शय्या भरिएका छन्। आइतबार कोरोना संक्रमितले उक्त अस्पतालमा रहेका ५५ शय्या भरिए हुन् ।

अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोना संक्रमितले अस्पतालका सबै शय्या भरिएको बताए। उनले शय्या अभाव भएकोबारे प्रदेश सरकारलाई जानकारी गराइएको समेत बताए ।
यता, कञ्चनपुरको महाकाली अस्पतालमा भएका ५० शय्याका आइसोलेसन पनि भरिएको अस्पतालले जनाएको छ । आइसियूमा ६ जनाको उपचार भइरहेको छ। एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया