शुक्रबार, वैशाख १४, २०८१

कोरोना फैलियो : खाली सिलिण्डर भरेर राख्नुस्

मेरोन्यूज २०७८ वैशाख १२ गते १४:४९

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने खाली सिलिण्डर भरेर राख्न अनुरोध गरेको छ । नेपालमा ग्यास आयात हुने मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले खाली सिलिण्डर भरेर राख्न संघले एक सूचनामार्फत जानकारी दिएको हो ।

गत वर्ष ग्यास भर्न उपभोक्ताहरूको चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर पहिले ने सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो,’ उनले भने, ‘यसपटक ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई सहज बनाउन पहिले नै जानकारी दिएका हौँ ।’

गत वर्ष कोरोना महामारी बढेसँगै उपभोक्ता त्रसित हुँदा आपूर्तिको व्यवस्थामा कठिनाई उत्पन्न भएको थियो । यो वर्ष पहिले ने सचेत हुन आग्रह गर्दै पहिले नै पूर्वतयारी गर्न भनेको संघले जनाएको छ ।

नेपालले ग्यास ल्याउने भारतको मुख्य ठाउँहरुमा कोरोना कहर बढी रहेकाले सामान्य अवस्था हँुदैमा क्षमताले भ्याएसम्मको भण्डारण गर्न भनिएको हो ।

प्रतिक्रिया