शुक्रबार, वैशाख ७, २०८१

जापानको मुद्रा महंगो अमेरिकी लगायत केहीको स्थिर

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:४२

काठमाण्डौं । बिदेशी मुद्रा महंगो हुनेमा अमेरिकी लगायत केहि देश रहेका छन् । अमेरिकी डलर १ को खदिरदर १ सय १९ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३२ पैसा रहेको छ । युरो १ को खरिदद १ सय ४४ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १ सय ४५ रुपैयाँ ७ पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६६ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ९३ रुपैयाँ ६ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ८९ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ ३७ पैसा बिक्रि मुल्य तोकिएकोे छ । यस्तै सिंगापुर डलर १ को खरिददर ९० रुपैयाँ १८ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ । जापानिज ऐन प्रति १० बराबर ११ रुपैयाँ १० पैसा बिक्रिदर ११ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चाइनिज युयन १ को खरिद १८ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ५३ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ ५ पैसा रहेको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ९८ पैसा कायम रही बुधबार समान स्थिर छ । यस्तै युएइ दिराम १ को खरिद मूल्य ३२ रुपैयाँ ५९ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २९ रुपैयाँ १३ र बिक्रि मूल्य २९ रुपैयाँ २७ पैसा तोकिएको छ । साउथ कोरियाको कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया