शनिबार, वैशाख ८, २०८१

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारीसहित १० जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:२६

काठमाडौं । विद्यार्थीहरुसँग अवैध रुपमा मोटो रमक असुलेर परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ परेका छन् ।

परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको अभियोगमा एक कर्मचारी सहित ९ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो ।

यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो ।

१ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गदैछ ।

प्रतिक्रिया