शुक्रबार, वैशाख १४, २०८१

कोरोनाविरुद्ध एकढिक्का हुन एमालेको निर्देशन

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:१७

काठमाडौं । नेकपा एमालेको आज बसेको बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन पार्टीका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

बैठकपछि एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए । पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए । यस्तै बैठकले नेपाल समूहका सांसदले फ्लो क्रस गर्ने सक्ने भएकाले त्यस्तालार्य कारबाही गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ ।

प्रतिक्रिया