मंगलबार, वैशाख ११, २०८१

अवैध भरुवा बन्दुक सहित ३ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:०८

काठमाडौं । प्रहरीले अवैध भरुवा बन्दुक सहित धनुसा र महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका ३ जनामध्ये उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार रहेका अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै महोत्तरी जिल्लाको गौशाला नगरपालिका-११ महरा पुल नजिकै जंगलबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद र १ थान बारुद खाद्‍ने डण्डी सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१ सनिडाँडा बस्ने ३९ वर्षीय सोम बहादुर मगर र गौशाला नगरपालिका-८ बस्ने ५६ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।

जंगलमा शिकार खेल्न आएको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उक्त बन्दुक र बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया