बुधबार, वैशाख ५, २०८१

महावीर जयन्तीले सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:०४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रर्वतक महावीर दुई हजार ६२० औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले महावीरको सुरुवात गरेको जैन धर्मावलम्बीलाई शुभकामना दिएकी हुन् ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्गहरु अहिंसा, सत्य, चोरी नगर्ने, ब्रह्मचर्य र अपरिग्रह देखाएको जनाउँदै राष्ट्रपतिले मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । उनले सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणका बाटामा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी थिइन् ।

जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन सम्पूर्ण जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

प्रतिक्रिया