बुधबार, वैशाख ५, २०८१

नक्कली नोटको कारोबार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १२:५८

ललितपुर । प्रहरीले महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका रावत उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया